images

हमासले रिहा गर्ने २० बन्धकको नाम सार्वजनिक, छैनन् विपिन ?

काठमाडौं । हमासको सैन्य शाखाले २० जना जीवित बन्धकहरूको नाम सार्वजनिक गरेको छ।

जसलाई आज रिहा गरिने तयारी छ।

सूचीमा ती २० जना बन्धक समावेश छन्, जसको नाम पहिले नै वार्ताको भागको रूपमा इजरायललाई दिइएको थियो।

द टाइम्स अफ इजरायलका अनुसार समूहमा अपहरण गरिएका सिपाही तामिर निम्रोदी र नेपाली नागरिक विपिन जोशीको नाम समावेश गरिएको छैन।