images
images

Untitled

काठमाडौं । संचार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल टेलिकममा विदेशी रणनीतिक साझेदार नल्याउने बताएका छन्। टेलिकमको १५औं वार्षिकोत्सवमा बोल्दै मन्त्री बास्कोटाले सो धारणा व्यक्त गरेका हुन् ।

रणनीतिक साझेदारका लागि सम्पत्ति तथा दायित्वको मूल्यांकन भइरहेका बेला मन्त्री बास्कोटाले भने रणनीतिक साझेदार आवश्यक नरहेको बताएका हुन ।

मन्त्री बास्कोटाले विदेशी रणनीतिक साझेदार ल्याउनु भनेको हात्तीलाई घाँस खुवाए बराबर हुने दावी पनि गरे । उनले भने, ‘हात्तिलाई घाँस खुवाएर साद्धे चल्छ ? त्यसै कारण नेपाली जनताको सम्पत्ति जनतालाई नै बाँड्नेछौं।’

उनले फोरजी सम्झौंताकै आधारमा टेलिकमका कर्मचारीलाई उत्ताउलो नबन्न समेत सुझाब दिए। ”एउटा फोरजी परियोजनाको सम्झौता भयो भन्दैमा नउम्लिए हुन्छ। फोरजीसँगै अप्टीकल फाइबर, एफटिटिएच लगायत विभिन्न पुर्वाधार तयार पार्न बाँकी नै छ।” उनले भने।

नेपाल टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले मोबाइल र तारसहितको सेवामा नयाँ प्रविधिमार्फत अझै गुणस्तरीय सेवामा रुपान्तरण गर्ने प्रतिवद्धता जनाए । नेपाल दुरसंचार प्राधिकरणका निमित्त अध्यक्ष पुरुषोत्तम खनालले सीम विक्रीमा मात्रै आक्रामक नभएर सेवामा समेत आक्रामक बन्ने उनको भनाइ थियो ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS