images
images

बलात्कार विरूद्ध नितिनको गीत ‘जिन्दगीमा’

काठमाडौं । नितिन गजुरेलको स्वरमा ‘जिन्दगीमा’ बाेलकाे गीत सार्वजनिक भएको छ।

रोमान्टिक शैलीमा तयार पारिएको गीत गायनमा नितिनलाई अस्मिता अधिकारीले साथ दिएकी छन्।

गीतमा बलात्कृत नारीले आत्मसम्मान र स्वाभिमानका साथ जिउन पाउनुपर्छ भन्ने भाव समेटिएको छ। बलात्कार विरूद्ध सन्देश दिने गीतमा विजु पार्की र सुनिशा बजगाईंको अभिनय देख्न सकिन्छ। भिडिओमा बालकलाकार इशब घिमिरेको समेत अभिनय छ।

मुनाल शिशिर कोइरालाको शब्द रहेको गीतमा राजेश थापाको संगीत छ। सफल मोसन पिक्सचरले निर्माण गरेको भिडिओलाई मुनाल शिशिर कोइरालाले नै निर्देशन गरेका हुन्। उत्सव दाहालले छायांकन गरेको म्युजिक भिडिओलाई विष्णु खड्काले सम्पादन गरेका छन्।

‘बलात्कार जघन्य अपराध हो। हामीले गीत तथा भिडिओमार्फत बलात्कृत महिलालाई हेर्ने आफ्नो सोच बदल्न सक्यो भने समाज आफै बदलिन्छ भन्ने सन्देश दिन खोजेका हौं। यो गीतले समाजमा बलात्कारको विषयमा चेतना विस्तार गर्ने विश्वास छ,’ गायक नितिनले भने।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS