images
images

बेनिशा हमाल अभिनित फिल्म ‘प्रेमगञ्ज’को ट्रेलर सार्वजनिक

काठमाडौं । परिच्छेद सेनले निर्देशन गरेको फिल्म ‘प्रेमगञ्ज’को ट्रेलर सार्वजनिक भएको छ।

सोमबार सार्वजनिक गरिएको ट्रेलरमा दुई पुस्ताको प्रेम कथालाई देखाइएको छ। फिल्ममा राजा र मैनाबीचको प्रेममा आउने उतारचढाबलाई प्रस्तुत गरिएको छ।

फिल्ममा बेनिशा हमाल, तेज गिरी, राइडर प्रशान, सुप्रिया खनाल, सम्पदा बानियाँ, पवन भट्टराई, सिमरन खड्का, नरेश पौडेल, रश्मी भट्ट, सञ्जोग रसाइली, गीता अधिकारीलगायत कलाकारको अभिनय छ। फिल्ममा सुरक्षा पन्तलाई अतिथि भूमिकामा देख्न सकिन्छ। यो फिल्मबाट तेज गिरीले डेब्यू गर्दैछन्। तेज पेसाले बैंकर हुन्।

किरण गुरागाईं, रेश्मा थापा, राजेश सुवाल, गणेश भण्डारी, निर्मला लामिछानेको लगानी रहेको फिल्मको कथा निर्देशक परिच्छेदले नै तयार पारेका हुन्।

राजु फुँयालको प्रस्तुति रहेको फिल्म चलचित्र चौतारीको ब्यानरमा बनेको हो। यस फिल्मका कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन्। सञ्जय लामाको छायांकन गरेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका छन्।

यो फिल्म भदौ ३ गतेदेखि प्रदर्शन हुँदैछ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS