images

संसद् भवन अगाडि एक युवकले गरे आत्मदाहको प्रयास

काठमाडौं । नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि एक युवकले आत्मदाहका प्रयास गरेका छन् ।

मंगलबार दिउँसो इलाम घर भएका प्रेम प्रसाद आचार्यले संसद् भवन अगाडि आत्मदाहको प्रयास गरेको प्रहरीले जनाएको छ।

उनलाई उपचारका लागि बर्न अस्पताल कीर्तिपुर पठाइएको छ । आत्मदाह प्रयास गर्नुको कारण खुल्न नसकेको भन्दै प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ।