images

शुक्रबार ११ सय रूपैयाँ घट्यो सुनको भाउ, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा निरन्तर उकालो लागीरहेको सुनको मूल्य शुक्रबार भने घटेको छ ।

साताको छैटौं दिन आज शुक्रबार ११ सय रूपैयाँले घटेर एक लाख ५ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला एक लाख ६ हजार ९ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार ११ सय रूपैयाँले घटेर एक लाख ५ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोला एक लाख ५ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, चाँदीको मूल्य भने शुक्रबार स्थिर रहेर १ हजार ३८० रूपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।