images

भारतमा वायु सेनाका दुई विमान आपसमा ठोक्किदा दुईजनाको मृत्यु 

एजेन्सी । भारतमा वायु सेनाका दुई विमान आपसमा ठोक्किएका छन् ।

शनिबार बिहान सुखोई–३० र मिराज २००० विमान आपसमा ठोक्किएर दुर्घटनामा परेका हुन् । दुर्घटनामा २ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

मध्य प्रदेशको मोरेनामा वायुसेनाको सुखोई–३० एमकेआई र मिराज–२००० विमान दुर्घटनाग्रस्त भएका हुन् । दुवै विमान ग्वालियर एयरबेसबाट उडेका थिए । घटनास्थलमा वायुसेनाका अधिकारी र जिल्ला प्रशासन कार्यालय पुगेका छन् ।

घटनाको जानकारी पाएलगत्तै प्रहरी र सेनाका अधिकारी घटनास्थलमा पुगेका थिए । घटनास्थलमा गाउँलेहरूको भीड जम्मा भएको जनाइएको छ ।