images

तेस्रो टाईगर कप अन्तराष्ट्रिय महिला प्रतियोगितामा एपीएफ विजयी

काठमाडौं । विभागीय टोली नेपाल एपीएफ क्लब तेस्रो टाईगर कप अन्तराष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फको च्याम्पियन बनेको छ ।

पोखरा रंगशालाको कभर्ड हलमा शनिबार भएको फाइनलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लब ३–१ को सेटमा पराजित गर्दै एपीएफ च्याम्पियन बनेको हो ।

साबिकको बिजेता रहेको एपीएफले पहिलो सेट २५–२० ले जितेकोमा दोस्रो सेटमा आर्मीले २५–२२ जितेको थियो । तेस्रो सेट र चौथो सेटमा २५–८ र २५–२२ को जित निकाल्न सफल भयो ।

च्याम्पियन एपीएफले ५ लाख नगद प्राप्त गरेको छ । दोस्रो हुन सफल आर्मीले भने २ लाख ५० हजार नगद प्राप्त गरेको छ ।