images

प्रहरीको गोली प्रहारबाट स्वास्थ्यमन्त्रीको मृत्यु

एजेन्सी। प्रहरीको गोली लागेर भारतको ओडिशा राज्यका स्वास्थ्यमन्त्री नवकिशोर दासको मृत्यु भएको छ । गोली लागेर घाइते भएका स्वास्थ्यमन्त्री दासको उपचारका क्रममा मृत्यु भएको हो ।

बज्रराजनगरमा भएको एक कार्यक्रममा सहभागी भएका दासमाथि एक प्रहरीले गोली हानेका थिए । गोली लागेर घाइते भएका उनको भुवनेश्वरस्थित एक निजी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, ओडिशाका मुख्यमन्त्री नवीन पटनायकलगायतले स्वास्थ्यमन्त्री दासको निधनप्रति शोक व्यक्त गरेका छन् ।

उनलाई प्रहरीले किन गोली चलाय भन्ने विषय खुलेको छैन र घटना बारे थप अनुसन्धान गरिरहेको भारतीय प्रहरीले जनाएको छ ।