images

इरान र साउदी अरेबियाले छिट्टै वार्ता गर्ने

एजेन्सी। इरान र साउदी अरेबियाले आफ्नो द्धिपक्षीय सम्बन्ध सुधारका लागि छिट्टै नै वार्ता गर्ने भएका छन् ।

इरानका विदेशमन्त्री हुसेन अमिर–अब्दोल्लाहीनका अनुसार दुई देशबीचमा आगामी केही समयमा नै वार्ताको तयारी भएको दिएका छन् ।

उनले इरानको राजधानी तेहरानमा आइतबार आफ्ना कतारका समकक्षीसँगको संयुक्त पत्रकार सम्मेलनका क्रममा सो कुराको जानकारी दिएका इर्ना समाचार समितिको समाचारमा जनाइएको छ ।

दुई देशका बीचमा केही असहज हुन पुगेको सम्बन्धलाई सहज बनाउने गरी सो वार्ता हुन लागेको उनले जानकारी दिएका बताइएको छ ।