images

भारतीय चर्चित गायक कैलाश खेरमाथि आक्रमण

एजेन्सी । भारतीय चर्चित गायक कैलाश खेरमाथि आक्रमण भएको छ ।

भारतीय सञ्चार माध्यामका अनुसार कर्नाटकमा एक महोत्सवको क्रममा खेरमाथि आक्रमण भएको हो ।

महोत्सव जनवरी २७ बाट सुरू भएको थियो । तर, आइतबार भने महोत्सवमा गीत गाउन कैलाश सहभागी भएका थिए सोही क्रममा उनीमाथि आक्रमण भएको हो ।

महोत्सवमा एक व्यक्तिले कैलाशमाथि बोतल प्रहार गरेको थियो । तत्कालै घटनास्थलमा उपस्थित प्रहरीले कैलाशमाथि बोतल फ्याँक्ने व्यक्तिलाई पक्राउ गरेको छ ।

कैलाश कर्नाटकमा हम्पी महोत्सवमा गीत गाउँदै थिए । यसैबीच कैलाशकलाई महोत्सवमा उपस्थित दुई युवकले कन्नड गीत गाउन माग गर्न थाले । कैलाशले गीत नगायपछि उनले स्टेजमा प्रस्तुति गरिरहेका कैलाशमाथि भरी पानीको बोतलले हानेका थिए ।