images

पुटिनले आफुलाई क्षेप्यास्त्रले उडाउने धम्की दिएको बेलायती पूर्वप्रधानमन्त्री जोनसनको आरोप

एजेन्सी । बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोनसनले रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले आफूलाई क्षेप्यास्त्रले उडाई दिने धम्की दिएको दावी गरेका छन् ।

रुस–युक्रेन युद्ध सम्बन्धी बीबीसीले बनाएको वृत्तचित्रमा जोनसनले युद्धका दौरान भएको टेलिफोन कुराकानीमा पुटिनले त्यस्तो धम्की दिएको दावी गरेका हुन् ।

‘बोरिस, म तिमीलाई चोट पु¥याउँन चाहन्न, एकै मिनेटमा एउटै क्षेप्यास्त्र वा त्यस्तै अरु केही पर्याप्त हुनेछ’ पुटिनलाई उद्धृत गर्दै वृत्तचित्रमा जोनसनले भनेको बीबीसीले जनाएको छ ।

त्यसो भनिरहँदा पुटिन बडा आनन्दको मुडमा रहेको पनि जोनसनको दावी छ । बेलायतका पूर्व प्रधानमन्त्री जोनसनले आफूले युक्रेनमाथि आक्रमण भए नेटो सेना रुसको झन नजिक आइपुग्ने भन्दै सचेत गराएको पनि उल्लेख गरेका छन् ।