images

जर्मनी तेस्रो पटक हक्की विश्वकपको च्याम्पियन

काठमार्डौ । जर्मनीले हक्की विश्वकपको उपाधि जितेको छ ।

भारतको भुवनेश्वरस्थित कलिङ्गा रंगशालामा भएको फाइनल खेलमा युरोपियन प्रतिद्धन्दी बेल्जियमलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै जर्मनीले उपाधि जितेको हो ।

खेलको निर्धारित समयमा ३–३ गोलको बराबरी भएपछि पेनाल्टी सुटआउटमा जर्मनीले साविक विजेता बेल्जियमलाई ५–४ ले पाखा लगाएको हो ।

जितसँगै जर्मनी तेस्रो पटक हक्की विश्वकपको च्याम्पियन बनेको छ ।

यसअघि जर्मनीले २००२ मा पहिलो पटक हक्की विश्वकपको उपाधि जितेको थियो । २००६ मा भने लगातार दोस्रो पटक उपाधि जितेको थियो । तेस्रो उपाधिको लागि भने जर्मनीले १७ वर्ष कुर्नु परेको हो ।