images

कठ्याङ्ग्रिदो जाडोका कारण अफगानिस्तानमा १६८ जनाको मृत्यु

काठमाडौं । चिसोका कारण अफगानिस्तानमा १६८ जनाको मृत्यु भएको छ।

खामा प्रेसका अनुसार विगत एक महिनामा चिसो र कठ्याङ्ग्रिदो जाडोका कारण देशका विभिन्न २४ प्रान्तमा १६८ जनाको मृत्यु भएको हो ।

विपद् व्यवस्थापन अधिकारी रहमान जाहिदका अनुसार त्यहाँ सयौं घरहरू भत्किएको र करिब ८० हजार गाईवस्तुको मृत्यु भएको बताएका छन् । यसैबीच विपन्न परिवारहरूको जीवनस्तरमा गम्भीर आर्थिक सङ्कट उत्पन्न भएको छ ।

अफगानिस्तानको मौसम पूर्वानुमान अधिकारीहरूले आगामी दिनमा कम्तीमा १९ प्रान्तमा हिमपात हुने चेतावनी दिएका छन् । साथै मानवीय सहयोगको चरम आवश्यकतामा रहेका मानिसहरूको जीवनयापनलाई यो चिसोले थप जटिल बनाएको छ ।