images
images
images

पाकिस्तान हमला : मृतकको संख्या ८७ पुग्यो, १५० बढी घाइते, ५० भन्दा बढीको अवस्था गम्भीर

एजेन्सी ।  पाकिस्तानको पेशावर शहरमा सोमबार एक मस्जिदमा आत्माघाती हमलामा परी मर्नेहरूको संख्या ८७ पुगेको छ।

आत्मघाती आक्रमणमा परी १५० बढी घाइते भएका छन्। जसमा ५० भन्दा बढीको अवस्था गम्भीर रहेको जनाइएको छ।

मस्जिदमा मारिनेमा अधिकांश प्रहरी भएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन्।

प्रहरी लाइनमा गएर आत्मघाती आक्रमणकारीले आफूलाई विष्फोट गराएका थिए ।

हमलामा मस्जिदको एक भाग पूर्ण रूपमा नष्ट भएको छ । त्यस्तै पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफले घटनाको भत्सर्ना गर्दै अस्पताल पुगेर घाइतेको अवस्थाबारे जानकारी लिएका थिए।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS