images

पेशावर मस्जिद विस्फोट अपडेट : मृतकको संख्या ९२ पुग्यो, शवहरू निकाल्ने क्रम अझै जारी

एजेन्सी । पाकिस्तानको पेशावर सहरमा एक मस्जिदमा बम विस्फोटमा परेर ज्यान गुमाउनेको सङ्ख्या ९२ पुगेको छ ।

मस्जिद विस्फोटको भग्नावशेषबाट मङ्गलवार अझै शवहरू निकाल्ने क्रम चलिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्मयले जनाएका छन् ।

अहिले पेशावर लेडी रिडिङ अस्पतालमा ५७ जना घाइतेको उपचार चलिरहेको छ । एक सय ५७ जना घाइतेलाई अस्पताल ल्याइएकोमा धेरैजसोलाई उपचारपछि घर पठाइएको छ ।

प्रान्तीय राजधानी पेशावरमा सोमवार दिउँसोको प्रार्थनाको समयमा आक्रमण भएको थियो । अफगान सीमासँग जोडिएका क्षेत्रहरूमा आक्रमणहरू लगातार बढिरहेको छ ।

सहरका प्रहरी प्रमुख मुहम्मद इजाज खानले ज्यान गुमाउनेमा धेरैजसो प्रहरी रहेका र जसमध्ये चार सय जना मस्जिदको कम्पाउन्डमा प्रार्थनाका लागि भेला भएका बताउनुभएको छ ।

पाकिस्तानका विदेश मन्त्री बिलावल भुट्टो जर्दारीले आक्रमणको निन्दा गर्दै आतङ्कवाद र यसका सहयोगीहरूलाई कडाइका साथ कारबाही गरिने बताउनुभएको छ ।