images

भारतमा आगामी वर्ष ७ प्रतिशतले अर्थतन्त्र वृद्धि हुने प्रक्षेपण, चाँदी र चुरोटमा भन्सार कर बढाउने

एजेन्सी । भारतकी वित्त मन्त्री निर्मला सीतारमण नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गरेकी छन्।

संसदमा बुधबार आर्थिक वर्ष २०२३/०२४ को बजेट सार्वजनिक गर्दै मन्त्री सीतारमणले भारतीय रुपैयाँ ७ लाखसम्म कमाउनेले आयकर तिर्नु नपर्ने घोषणा गरेकी छन् ।

यसअघि ५ लाख भारूसम्म कमाउने आयकर तिर्नु नपर्ने व्यवस्था थियो।

बजेट सार्वजनिक गर्दै मन्त्री सीतारमणले हरित ऊर्जामा लगानी बढाउने र चाँदी र चुरोटमा भन्सार कर बढाउने बताएकी छन्।

उनले आउने वर्ष भारतको अर्थतन्त्र ७ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेकी छन् ।