images

चीनले आफ्नो आकाशमा गुप्तचरी गरेको अमेरिकी आरोप

एजेन्सी । अमेरिकाले आफ्नो आकाशमा चीनले गुप्तचरी गरेको आरोप लगाएको छ ।

केही दिन यता निकै माथि उचाईमा एउटा बलुन उडिरहेको भन्दै अमेरिकी रक्षा मन्त्रालयले उक्त बलुन चिनियाँ गुप्तचरी भएको दाबी गरेको हो ।

एउटा बलुन मोनाटाको आकाशमाथि उडिरहेको पत्ता लागेको भन्दै पेन्टागनका अधिकारीहरुले बलुन उडिरहेको क्षेत्र वायुसेनाको आधार र आणविक अस्त्र भण्डारणको क्षेत्र भएको बताएका छन् ।

उक्त बलुन खसाल्न एफ–ट्वेन्टी टु फाइटर विमान तयार गरिए पनि ह्वाइटहाउसले मोनाटाको घना बस्तीमा बलुन खस्ने भन्दै त्यसो गर्न अनुमति नदिएको अमेरिकी रक्षा अधिकारीहरुले बताएका छन् ।

पेन्टागनका प्रवक्ता ब्रिगिडियर जनरल प्याट्रिक राइडरले अहिले भने चिनियाँ बलुन नागरिक उडान क्षेत्रमा रहेको र अमेरिकी जनताका लागि तत्काल क्षति पु¥याउने अवस्था नरहेको बताएका छन् ।

विभिन्न च्यानल मार्फत चिनियाँ अधिकारीहरुसँग सम्पर्क गरेर सो विषयमा सचेत गराएको पेन्टागनका अधिकारीहरुले बताएका छन् ।