images

चीनले हङकङ र मकाउका लागी लगाएको प्रतिबन्ध हटायो

एजेन्सी । हङकङ र मकाउका बासिन्दाका लागि चीन आउजाउ पूर्णरूपमा खुला भएको छ ।

चीनले आउँदो सोमवारदेखि दुई देशबाट हुने सबै किसिमका यात्रामा लगाएको प्रतिबन्ध हटाएको हो । कोरोना महामारीका कारण झण्डै तीन वर्षदेखि यी देशबाट हुने आवतजावत बन्द रहेको थियो ।

अब हङकङ र मकाउका बासिन्दाको आवतजावतमा लागेको प्रतिबन्ध हटेको समाचार संस्था एएफपीले जनाएको छ ।

यो निर्णयपछि व्यापार, व्यवसाय र पर्यटनमा टेवा पुग्नुका साथै तीन वर्षदेखि हुन नसकेको पारिवारिक भेटघाट सहज हुने भएको छ ।

कोरोना महामारी अघि सन् २०१८ मा पाँच करोड १० लाख चिनियाँले हङकङको भ्रमण गरेका थिए ।

चीनले गएको महिना शून्य कोभिड नीति खारेज गरेको थियो । त्यसपछि कोरोना सङ्क्रमण नभएको प्रमाणका आधारमा दैनिक ६० हजार जनालाई आउजाउको अनुमति दिएको थियो । यद्यपी अब आवतजावत पूर्ण रुपमा सहज हुने भएको छ ।