images

देशको सुरक्षामा खतरा पुर्याउन सक्ने भन्दै २३२ चिनियाँ एपमाथि भारतले लगायो प्रतिबन्ध

काठमाडौं । राष्ट्रको सुरक्षामा खतरा पैदा गर्न लागेको भन्दै भारतले २३२ वटा चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको छ । ती एपहरु भारतको सुरक्षा तथा अखण्डताका लागि खतरापूर्ण रहेको कारणले प्रतिबन्ध लगाउनु परेको भारत सरकारले जनाएको छ ।

प्रतिबन्ध लगाएकामध्ये अधिकांश क्रिप्टोकरेन्सीमा समेत भुक्तानी गर्न सकिने सट्टेबाजीसँग सम्बन्धित एपहरु रहेको बताइएको छ । भारतले त्यसवोहक ९४ वटा कर्जा दिने एपमाथि पनि प्रतिबन्ध लगाएको छ ।

भारतमा चिनियाँ एपहरुको धेरै बिगबिगी भएको बताइएको छ । यसअघि भारत सरकारले टिकटकसहित धेरै एपमाथि भारतमा प्रतिबन्ध लगाएको थियो । प्रतिबन्ध लगाएकामध्ये धेरै एपहरूले क्रिप्टोकरन्सीमा भुक्तानी स्वीकार गर्छन् । भारतको सूचना तथा प्रसारण मन्त्रालयले भारतका अधिकांश भागहरूमा सट्टेबाजी र जुवा खेल्नु गैरकानुनी रहेको बताएको छ । उपभोक्ता संरक्षण ऐन २०१९, केबल टिभी सञ्जाल नियमन ऐन १९९५ र आईटी नियम २०२१ अन्तर्गत पनि यसलाई थप्न प्रतिबन्ध लगाइएको छ ।

भारतले प्रतिबन्ध लगाए पनि ती उपहरु अझै पनि तेस्रो पक्ष वेबसाइटमा उपलब्ध रहेको बताइएको छ । धेरै जसो एपहरू स्मार्टफोनमा डाउनलोड गर्नको लागि प्ले स्टोरमा उपलब्ध छैनन् तर बेटिङ एप्स र गेमहरू तेस्रो पक्ष लिङ्क वा वेबसाइटहरूबाट डाउनलोड गर्न सकिन्छ । त्यसैगरी केही एपहरू सोसल मिडिया साइटहरूबाट सीधा अनलाइनमा प्ले गर्न सकिन्छ ।

भारत सरकारले अनलाइन विज्ञापन कम्पनीहरूलाई पनि त्यस्ता एपहरुमा विज्ञापनहरू नदेखाउन निर्देशन दिएको छ । त्यसले धेरै मानिसहरूको आर्थिक र सामाजिक–आर्थिक अवस्था बिगार्न सक्ने भन्दै चेतावनी दिएको छ ।