images
images

स्याटेलाइट इमेजमा देखियो इजरायलको आक्रमणबाट गाजापट्टीमा भएको विनास


गाजा । स्याटेलाइटबाट खिचिएका तस्बिरहरूले गाजाको अल जाहरा क्षेत्रमा बिहीबार राति इजरायली बमबारीबाट निम्त्याएको विनाश देखाउँदछ। त्यहाँ पूरै क्षेत्रमा भत्किएका भवनहरू मात्र छन्।

यस क्षेत्रमा २५ आवासीय टावरहरू थिए। यी सबै नष्ट भएका छन् । एक साताअघि इजरायलले गाजाको उत्तरी भाग २४ घण्टाभित्र छाड्न नागरिकलाई चेतावनी दिएको थियो ।

अल जाहरा गाजा सहरको दक्षिणमा छ र यहाँ पनि इजरायली सेनाले चेतावनी दिएको थियो । यो चेतावनीपछि लाखौं मानिस खान युनिस जस्ता दक्षिणी गाजा सहरतर्फ भागेका छन् ।

बीबीसीले यी तस्बिरहरू अल जाहराका हुन् र पहिलेका स्याटेलाइट तस्बिरहरूसँग मेल खाएको पुष्टि गरेको छ। बिहीबार खिचेको स्याटेलाइट तस्बिरले केही आवासीय टावरहरू अझै उभिएको देखाउँछ र यसले बिहीबार साँझ र यी आवासीय भवनहरू ध्वस्त भएको देखाउँछ।

शुक्रबार इजरायली सेनाले बिहीबार राति गाजा पट्टीमा आतंकवादीहरूको १ सय स्थानहरूलाई निशाना बनाएको बताएको थियो । एजेन्सी

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS