images

विदेशी चलचित्रले नेपाली चलचित्रलाई धरासयी बनाएको चलचित्र निर्माता संघको गुनासो

काठमाडौं । चलचित्र निर्माता संघले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासमक्ष १९ बुँदे मागपत्र बुझाएको छ ।

संघले फिल्म नीति, स्टुडियो, सेयर बाँडफाँट, प्रोजेक्ट बीमादेखि निर्मातालाई पाँच वर्षसम्म राहत दिनुपर्ने लगायतका मागसहित ज्ञापनपत्र सरकार समक्ष बुझाएको हो ।

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, अभिनेता शिव श्रेष्ठ तथा केही निर्मताहरु आइतबार सूचना तथा सञ्चार मन्त्रालय पुगी ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्रमा हालै सम्पन्न फिल्म निर्माताहरुको राष्ट्रिय भेलाले दिएका सुझावलाई पनि समेएिको संघले जनाएको छ । आफ्ना समस्याहरुको विशेष पहल गर्न माग गरेको निर्माता संघका अध्यक्ष नवल खड्काले बताउनुभयो । साथै विदेशी चलचित्रले नेपाली चलचित्रलाई धरासयी बनाएको गुनासो समेत गर्नुभयो ।

पत्र बुझ्दै मन्त्री शर्माले प्राथमिकता निर्धारण गरेर समस्या सम्बोधन गर्ने आस्वासन दिनुभएको छ । उहाँले चलचित्रको गुणस्तर बढाउन यस क्षेत्रको अध्ययन तथा अनुसन्धन गर्न आग्रह समेत गर्नुभयो ।

समस्याको दीर्घकालीन उपायहरु निकाल्ने र कुरालाई मनन गर्ने चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी बताउनुभयो ।