images

टर्कीमा गएको भूकम्पबाट मृत्यु हुनेको संख्या दुई सय पुग्यो

काठमाडौँ, २३ माघ । टर्कीमा बिहान गएको भभुकम्पका परी मृत्यु हुनेको संख्या २०० पुगेको छ । टर्कीको गाजियान्टापमा आज बिहान ४ बजेर १७ मिनेटमा ७.८ रेक्टर स्केलको भुकम्प गएको थियो ।

भूकम्पले भत्किएका भवनहरूमा परेका मानिसहरुको उद्धारको कार्य चलिरहेको बताइएको छ । भूकम्पमा परी मृत्यु हुनेहरुको संख्या अझै बढ्न सक्ने बताइएको छ ।

भुकम्पबाट टर्की र सिरियामा बढी जनधनको क्षति पुगेको छ । टर्कीको विपद् व्यवस्थापन एजेन्सी एएफएडीका अनुसार भूकम्पमा परी अदना, बदियामान, मलात्य, खारामानमारास र गाजियान्टापमा ७६ जनाको मृत्यु भएको छ भने ४ सय ४० भन्दा बढी मानिस घाइते भएका छन् ।

त्यसैगरी सिरियामा पनि भूकम्पले एक सय जनाभन्दा बढी मानिसको मृत्यु भएको सिरियाका सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

सोमबार बिहान सिरियासँगको सीमा नजिकै शक्तिशाली भूकम्पमा गएको थियो । भूकम्पको धक्का राजधानी अंकारासहित टर्कीका विभिन्न सहरका साथै सिरिया, साइप्रस र लेबनानसम्म महसुस गरिएको थियो ।

शक्तिशाली भूकम्पपछि पराकम्पहरु आइनै रहेको त्यहाँका अधिकारीले बताएका छन् । भूकम्प आएसँगे त्यहाँका नागरिकहरु घर छाडेर सार्वजनिक ठाउँहरुमा शरण लिइरहेका छन् ।

भूकम्पकमा परेकाको उद्धार र राहतका लागि विभिन्न देशका प्रधानमन्त्री र राष्ट्रपतिले सामाजिक सञ्जालमार्फत सहयोग र राहतको प्रतिबद्धता जनाउनुका साथै समवेदना प्रकट गरेका छन् ।