images

टर्की भूकम्प अपडेट: ४ हजार ८ सय बढिको ज्यान गयो, मृतकको संख्या ८ गुणा बढ्ने विश्व स्वास्थ्य संगठनको अनुमान

एजेन्सी । टर्कीमा सोमबार ७ दशमलव ८ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या तीब्र गतिमा बढिरहेको छ ।

अहिले सम्म प्राप्त तथ्याङ्क अनुसार भूकम्पमा परेर मृत्यु हुनेको संख्या चार हजार ८ सयभन्दा धेरै पुगेको छ । भूकम्पले ध्वस्त भएका संरचनाहरुमा च्यापिएकाहरुको खोजी जारी रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने जनाइएको छ । विश्व स्वास्थ्य संगठनले मृतक संख्या अहिलेको भन्दा ८ गुणा बढ्ने अनुमान गरेको छ । हजारौं व्यक्ति घाइते भएका छन् ।

टर्कीका १० वटा सहरमा क्षति पुगेका छन् भने १७ सयभन्दा बढी भवन क्षतिग्रस्त भएका छन्।

हालसम्म ६५ देशका २६ सय ६० उद्धारकर्मीहरु बचाउ अभियानमा जुटेको बीबीसीले जनाएको छ ।

भूकम्पपछि लगातार पानी पर्दा उद्धार र राहतमा कठिनाई भइरहेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । ७ दशमलव ८ म्याग्नेच्यूडको भूकम्प र त्यसपछि निरन्तर झण्डै उत्रै क्षमताका पराकम्पले त्यँहाको जनजिवन त्रसित बनेको छ ।