images

रहेनन् कलाकार पदमप्रसाद पौडेल

काठमाडौं । कलाकार पदमप्रसाद पौडेलको ९२ वर्षको उमेरमा निधन भएको छ ।लामो समयदेखि दमको रोगबाट पीडित पौडेलको बुढानीलकण्ठ चपलीस्थित घरमा अपरान्ह साढे तीन बजे निधन भएको चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले जानकारी दिए ।

बेलुका ६ बजे पशुपति आर्यघाटमा पौडेलको पार्थिव शरीरमा कलाकार संघको झण्डा ओढाएर श्रद्धाञ्जली दिने र दाहसंस्कार गर्ने जनाइएको छ ।

पौडेल अभिनित पछिल्लो फिल्म ‘ऐना झ्यालको पुतली’ थियो, जुन यस वर्ष नेपालबाट ओस्कार अवार्डमा सिफारिस भएको थियो ।

रिसानी माफ, उपद्रो, आधा बाटोसहित ६८ वटा फिल्ममा अभिनय गरेका पौडेल चलचित्र कलाकार संघका आजीवन सदस्य समेत हुन् ।