images

भारतद्वारा नयाँ रकेट सफलतापूर्वक प्रक्षेपण

काठमाडौं । भारतीय अन्तरिक्ष अनुसन्धान संगठनले आफ्नो नयाँ रकेट, स्मॉल स्याटेलाइट लन्च भेहिकललाई सफलतापूर्वक प्रक्षेपण गरेको छ । योसँगै शुक्रबार तीनवटा उपग्रहहरूलाई कक्षमा राखेको छ।

एक सय २० टन तौल भएको ३४ मिटर अग्लो नयाँ रकेटले स्थानीय समय अनुसार बिहान ९: १८ बजे दक्षिणी भारतीय राज्य आन्ध्र प्रदेशस्थित बङ्गालको खाडीको किनारमा रहेको श्रीहरिकोटाको सतीश धवन अन्तरिक्ष केन्द्रबाट उडान भरेको थियो ।

गत वर्ष अगस्ट ७ मा गरिएको रकेटको पहिलो परीक्षण उडान आंशिकमात्रामा मात्र सफल भएको थियो।