images

युरोपमा तत्काल दादुरा खोप लगाउन डब्लूएचओको आग्रह

एजेन्सी । युरोपमा तत्काल लक्षित समूहमा दादुरा खोप लगाउन विश्व स्वास्थ्य संगठन ढडब्लूएचओ० आग्रह गरेको छ ।

दादुराको संक्रमण बढ्दै गएपछि डब्लूएचओले यस्तो आग्रह गरेको हो । डब्ल्यूएचओ युरोपका अनुसार दादुरा खोपको दुई डोजसहितको न्यूनतम ९५ प्रतिशत नियमित कभरेज भाइरसको फैलावट रोक्न र ठूला प्रकोपहरू पुनःबल्झिनबाट रोक्न यो उपाय पर्याप्त हुने भएको छ ।

यद्यपि, डब्लूएचओले कोभिड–१९ महामारीको प्रतिरक्षा र खोप छुटेका कारण बालबालिकासहित अन्य थुप्रै व्यक्तिमा दादुराको संक्रमण बढेको पाइएकाले यथाशीघ्र खोप अभियानलाई तीव्र पार्न अनुरोध गरेको छ । डब्ल्यूएचओले युरोपेली देशहरूलाई पनि ढिलाई नगरी स्वास्थ्य अनुसन्धान गर्न र दादुराको निगरानी बढाउन आग्रह गरेको छ ।