images

टर्की र सिरियामा ८ करोड ५० लाख डलर सहयोग गर्ने अमेरिकी घोषणा

एजेन्सी । अमेरिकाले भूकम्प प्रभावित टर्की र सिरियामा ८ करोड ५० लाख डलर सहयोग गर्ने घोषणा गरेको छ ।

अमेरिकी सरकारको मानवीय सहायता संस्था यूएसएआईडीले भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि यो रकम सहयोग गर्ने घोषणा गरेको बीबीसीले जनाएको छ । यो रकम चिसोबाट जोगाउन तथा खाना, पानी र स्वास्थ्यका लागि खर्च गर्नु पर्नेछ ।

भूकम्प प्रभावित क्षेत्रमा तत्काल खाना र पानीसँगै चिसोबाट जोगाउने उपायको आवश्यकता छ । भूकम्प प्रभावित क्षेत्रमा विश्वभरबाट राहत तथा सहयोग पुग्ने क्रम चलिरहेको छ ।