images
images

टर्की भूकम्पमा परि २८ हजार भन्दा बढिको मृत्यु

एजेन्सी । टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा गत सोमबार भएको भूकम्पमा परी २८ हजार १९२ जनाको मृत्यु भएको छ भने हजारौँ घाइते भएका छन्।

टर्कीएको कहरामनमारसलाई केन्द्रविन्दु बनाएर सात दशमलव आठ म्याग्निच्युडको भूकम्पबाट दश वटा प्रान्तमा अकल्पनीय क्षति भएको छ।

हालसम्म टर्कीमा २४ हजार छ सय १७ जनाले ज्यान गुमाएका उपराष्ट्रपति फुवाट ओक्टेले बताएका छन्। सिरियामा तीन हजार पाँच सय ७५ जनाको ज्यान गएको छ।

सरकार नियन्त्रित क्षेत्रमा एक हजार चार सय आठ जना तथा विद्रोहीको पकड भएका भूभागमा दुई हजार एक सय ६७ जनाको मृत्यु भएको उद्धारमा संलग्न स्वयंसेवी संस्थाका प्रतिनिधिहरूले बताएका छन्।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS