images

न्यूजिल्याण्डमा ६ दशमलब १ म्याग्नेच्युटको भूकम्प

एजेन्सी। न्यूजिल्याण्डमा ६ दशमलब १ म्याग्नेच्युटको भूकम्प भएको छ ।

त्यहाँका स्थानीयले भूकम्पलाई ‘ठूलो’ र ‘डरलाग्दो’ बताएका छन् । ठूला झट्काका साथ सुरु भएको भूकम्पको धक्का कम्तीमा ३० सेकेन्डसम्म महसुस भएको बताइएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार भूकम्प स्थानीय समयानुसार साँझ ७ दशमलब ३७ बजे पारामराउमुबाट ५० किलोमिटर उत्तरपश्चिममा रहेको जनाइएको छ ।

राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सीले सुनामीको खतरा नरहेको बताएको छ । त्यहाँका अधिकारीहरुका अनुसार परकम्प आउन सक्ने छन् । हालसम्म क्षतिको कुनै विवरण नआएको जनाइएको छ ।