images

विवाह गर्दै अभिनेत्री सुरक्षा पन्त

काठमाडौं । अभिनेत्री सुरक्षा पन्त र अभिनेता मानव सुवेदी फागुन २५ गते विवाह बन्धनमा बाँधिंदैछन् ।

यी दुईले केही वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेका हुन् ।

चितवनमा हुने विवाह समारोहमा परिवार र निकट आफन्तलाई मात्र बोलाएर परम्पराअनुसार विवाह गर्ने तयारी छ ।

सन् २०१५ मा रिलिज भएको ‘अझैपनि’बाट सुरक्षाले अभिनय करिअर थालेकी थिइन् । सुवेदीले भने ‘अन्तराल’ बाट डेब्यु गरेका थिए ।

पहिलो फिल्म अन्तरालपछि मानवले नेपथ्य र चिनी कम रङ कडामा अभिनय गरे । उनी यतिबेला छोटो फिल्मको निर्देशन गर्दैछन् । झण्डै ६ वर्षदेखि सुरक्षा र मानव प्रेम सम्बन्धमा थिए ।