images

अमेरिकामा एक पुरुषले गरे पूर्व पत्नीसहित ६ जनाको हत्या

एजेन्सी । अमेरिकाको मिस्सिसीपी राज्यस्थितमा एक पुरुषले आफ्नो पूर्व पत्नीसहित ६ जनाको हत्या गरेका छन् ।

तीनवटा हतियार बोकेर अन्धाधुन्ध गोली चलाउँदै हिँडेका ती पुरुषले पूर्व पत्नीसहित ६ जना माथि विभिन्न स्थानमा आक्रमण गरेको
प्रहरीले जनाएको छ ।

घटना भएको आर्काबुटालमा ३ सयभन्दा कम मानिसहरू बसोबास गर्छन् । प्रहरीले घटनामा संलग्न भएको आरोपमा ५२ वर्षीय रिचर्ड डेल क्रमलाई पक्राउ गरेको छ ।

मिस्सिसीपीका गभर्नर टेट रिभ्सले आक्रमणकारी एक्लैले सो घटना घटाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताएका छन् । स्थानीय समयअनुसार बिहान ११ बजे एक पेट्रोल पम्पको कन्भिनियन्ट स्टोरबाट ती व्यक्तिले गोलीबारी सुरु गरेका थिए ।

शुक्रबार भएको घटनासँगै अमेरिकामा यो वर्ष बन्दुकसम्बन्धी सामूहिक हिंसाको घटनाको सङ्ख्या ७३ पुगेको छ ।