images

बुल्गेरियाको राजधानी नजिकै एक ट्रकमा १८ जना आप्रवासी मृत फेला

एजेन्सी । बुल्गेरियाको राजधानी सोफियानजिकै १८ जना आप्रवासीहरू एक ट्रकमा मृत फेला परेका छन् ।

त्यहाँको आन्तरिक मन्त्रालयका अनुसार ट्रकले अवैध आप्रवासीहरुलाई बोकेको थियो । प्रारम्भिक जानकारीअनुसार ट्रकले अवैध लगभग ४० जना आप्रवासीहरू बोकेको बताइएको छ ।

आप्रवासीहरू काठ बोकेको ट्रकमा लुकाएर यात्रा गराइएको पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार तिनीहरू मध्ये १८ जनाको मृत्यु भइसकेको र केही बाँचेकाहरूलाई अस्पतालमा भर्ना गरिएको छ ।