images

रुस र युक्रेनबीचको युद्ध सैन्य कारबाहीबाट अन्त्य हुँदैन : इमानुएल म्याक्रोन

एजेन्सी । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले रुस र युक्रेनबीचको युद्ध सैन्य कारबाहीबाट अन्त्य नहुने बताएका छन् ।

फ्रान्सेली सञ्चार माध्यमसँगको कुराकानीमा राष्ट्रपति म्याक्रोनले यी दुई राष्ट्रबीचको युद्धमा रुसलाई पारजित गर्नुपर्ने बताएका हुन् । तर युद्धको बहानामा रुसमाथि दिर्घकालीन प्रतिसोध साँध्न नहुने उनको तर्क छ ।

म्युनिख सुरक्षा सम्मेलनमा सहभागी हुन विश्वका शीर्ष नेताहरु जर्मनी पुगेका बेला राष्ट्रपति म्याक्रोनको यो भनाइ सार्वजनिक भएको हो । सोही सम्मेलनमा विश्वका शक्ति देशहरुले युक्रेनमाथिको सैन्य सहयोग बढाउने प्रतिवद्धता व्यक्त गरिसकेका छन् ।

सोही क्रममा बेलायतका प्रधानमन्त्री ऋषि सुनकले युक्रेनको बुचा, इरपुन, मारियुपोल र अन्य ठाउँमा भएका युद्ध अपराधका लागि रुस जवाफदेही हुनुुपर्ने बताए । युक्रेनको पुनर्निर्माणमा लगानी गर्न दवाव दिनुपर्ने उनको भनाइ थियो ।