images

सामाजिक सञ्जालमा कलाकार विरुद्ध अपशब्द प्रयोग गरेको आरोपमा विन्ध्यवासिनी म्युजिक कम्पनीका सञ्चालक पक्राउ

काठमाडौं । विन्ध्यवासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मीलाई प्रहरीले पक्राउ गरेको छ ।

सामाजिक सञ्जाल मार्फत् विभिन्न कलाकारविरुद्ध अपशब्द प्रयोग गरेको तथा लाञ्छना लगाएको आरोपमा रेग्मीलाई प्रहरीको केन्द्रीय साइबर ब्यूरोले सोमबार बिहान पक्राउ गरेको हो ।

पछिल्लो समय थाइल्याण्डमा बस्दै आएका रेग्मीले सामाजिक सञ्जालबाटै कलाकारहरु विरुद्ध अपशब्द प्रयोग र लाञ्छना लगाउने गरेको उजुरीमा उल्लेख छ ।

रेग्मीले सामाजिक सञ्जालबाटै कलाकारहरु विरुद्ध अपशब्द प्रयोग र लाञ्छना लगाउने गरेको भन्दै उजुरी परेको थियो । गायक प्रमोद खरेलसहित ४ जना कलाकारले उजुरी दिएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

रेग्मी थाईल्याण्डबाट नेपाल आउँदै गर्दा उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरिएको हो । साइबर अपराधको आरोपमा पक्राउ परेका उनीविरुद्ध भने म्याद थप गर्न बाँकी रहेको छ ।