images

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागनमको सर्भर डाउन, अन्तर्राष्ट्रिय उडान प्रभावित

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागनमको सर्भर डाउन भएको छ । सर्भर डाउन भएसँगै अन्तर्राष्ट्रिय तर्फको उडान प्रभावित भएको छ भने सैयौँको संख्यामा यात्रुहरु समस्यामा परेका छन् ।

अध्यागमनको सर्भर १२,१५ बाट डाउन भएको थियो । अध्यागमनको सर्भर डाउन भएपछि प्रवेशाज्ञा र प्रस्थान अनुमति दिने कार्य प्रभावित भएको छ ।

समस्या समाधानका लागि अहिले प्राविधिक टोलिहरु खटिरहेका छन् ।

तर, यस समस्याले अध्यागमनको डिपाचर, इम्रिग्रेसनको काम रोकिँदा उडानहरू समेत प्रभावित हुन पुगेको विमानस्थल श्रोतले जनाएको छ ।

टीआई, अध्यागमनमा सञ्चालित सफ्टवेयर पनि सिंहदरबारकै भएकाले उता समस्या आउँदा विमानस्थल पनि सोहीँ समस्या देखिएको टीआईएका प्रवक्ता टेकनाथ सिटौलाले बताए ।