images

सर्भरको समस्या हटेसँगै विमानस्थलबाट नियमित उडान शुरु

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनको ‘सर्भर डाउन’ हुँदा प्रभावित बनेको हवाई उडान अहिले नियमित रुपमा सञ्चालन भएको विमानस्थल कार्यालयले जनाएको छ ।

सवाघण्टा अवरुद्ध भएको उडान दिउँसो २ः३५ देखि नियमित रुपमा सञ्चालन भएको  विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जनाकारी दिए ।

अन्तर्राष्ट्रिय उडानका विभिन्न गन्तव्यमा आवतजावत गर्ने यात्रुले सास्ती बेहोर्नुपरेको थियो । उडान अवतरण भए पनि लामो समय सम्बन्धित गन्तव्यका जहाजले उडान भर्न नसक्दा यात्रु मर्कामा परेका थिए ।