images

टर्कीमा फेरि शक्तिशालि भूकम्प

काठमाडौं । टर्कीमा ६ दशमलव ४ रेक्टरस्केलको अर्को भूकम्प गएको छ ।

टर्कीको प्रकोप तथा आपत्कालीन एजेन्सी अफादका अनुसार स्थानीय समय अनुसार गएराति आठ बजेर ४ मिनेटमा भूकम्प गएको हो ।

नयाँ भूकम्पमा परि तीन जनाको ज्यान गएको छ । भूकम्पको सिरियामा पनि प्रभाव परेको छ । टर्की र सिरियामा गरी ६ सय ८० जनाभन्दा धेरै घाइते भएका छन् । केही मानिसहरु भग्नावशेषमा फसेका छन् ।

उनीहरुको खोजी तथा उद्धारको काम भइरहेको छ । नयाँ भूकम्पपछि पनि केही परकम्प गएको बीबीसीले जनाएको छ ।

यसअघि गएको माघ २३ गते अर्थात् फेब्रुअरी ६ तारिखमा गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पले टर्कीए र सिरियामा गरी ४५ हजारभन्दा धेरै मानिसको ज्यान गएको छ । टर्की सरकारले यो भूकम्पका कारण भत्किएका संरचनामा परेकाहरूको खोजी र उद्धार कार्य सकिएको बताएको केही समय बित्न नपाउँदै फेरि अर्को भूकम्प गएको हो ।