images

सेल्फी खिच्ने क्रममा झगडा हुँदा गायक सोनू निगममाथि कुटपिट

एजेन्सी । भारतीय चर्चित गायक सोनू निगममाथि मुम्बईको एक कार्यक्रममा कुटपिट भएको छ ।

सोमबार राति मुम्बईको चेम्बुर क्षेत्रमा लाइभ कन्सर्ट गरेर सोनू र उनका साथीहरू स्टेजबाट बाहिर निस्कने क्रममा शिवसेनाका सदस्यहरूले कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

आक्रमण भएपछि सोनूले राति नै प्रहरी चौकी पुगेर आरोपितविरुद्ध एफआईआर (उजुरी) दर्ता गरिसकेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । प्रहरीका अनुसार लाइभ कन्सर्टमा सोनूसँग सेल्फी खिच्ने क्रममा झगडा भएको हो ।

सो झडपमा सोनूका एक सहकर्मी पनि घाइते भएका छन् । उक्त घटना भारतीय समय अनुसार राति करिब ११ बजेको हो । केही व्यक्तिहरूले सोनूलाई सेल्फीको लागि अनुरोध गर्दा उनका सहकर्मीहरूले रोक्न खोजेपछि विवाद बढेर झगडा भएको समाचारमा उल्लेख गरिएको छ ।