images

पुटिनको पौने दुई घन्टा लामो सम्बोधन : युक्रेनले पश्चिमा मालिकहरुको स्वार्थको रक्षा गरिरहेको छ

 

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्धका लागि पश्चिमा शक्तिहरुलाई दोष दिएका छन् ।

संसद् सैन्य अधिकारीहरुलाई सम्बोधन गर्दै उनले दोनबासको द्वन्द्व शान्तिपूर्ण रुपमा समाधान गर्न खोज्दा त्यसमा बाधा पुर्याइएको बताए । आफुहरुले समस्या शान्तिपूर्ण रुपमा समाधान गर्न सम्भव भएजति सबैथोक गरेपनि उनका पछाडि अत्यन्त कठिन परिदृश्य सिर्जना गरिएको बताए ।

उनले युद्ध उनीहरुले सुरु गरेको र आफुहरुले त्यसलाई रोक्न बलप्रयोग मात्र गरेका बताएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले अचानक युक्रेनको भ्रमण गरेको भोलिपल्टको सम्बोधनमा पुटिनले पुनः युक्रेन युद्धका लागि पश्चिमाहरुलाई दोषी ठहर्याएका हुन ।

आफ्नो करिब दुई घण्टा लामो सम्बोधनमा उनले रुसको आर्थिक, प्राविधिक, सैन्यलगायत अनेक विषयमा विस्तृतमा बोलेका छन् ।

युक्रेनी सरकारले आफ्नो नभई पश्चिमा मालिकहरुको स्वार्थको रक्षा गरिरहेको उनको भनाइ थियो । त्यस्तै अमेरिकासँग रुसको सम्बन्ध पनि पुरै कमजोर भएको उनले बताए ।

दोस्रो विश्वयुद्धपछि सिर्जना गरिएका संरचनाहरुलाई अमेरिकाले ध्वस्त पारेको पुटिनको भनाइ छ ।