images

दोहोरी प्रतिष्ठानबाट बाहिरिए गायक विष्णु खत्री

काठमाडौं । गायक विष्णु खत्रीले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानबाट बाहिरिएको घोषणा गरेका छन् ।

सामाजिक सञ्जालमा वक्तव्य जारी गर्दै खत्रीले आफूले खोल्न लागेको नयाँ संस्थामा हातेमालोका लागि आउन आह्वान समेत गरेका छन् ।

प्रतिष्ठानको आसन्न महाअधिवेशन र कार्यशैलीप्रति असन्तुष्ट जनाउँदै नयाँ संस्था खोल्न लागेको चर्चाबीच पूर्वमहासचिव समेत रहेका खत्रीले संस्थामा नरहेको औपचारिक घोषणा गरेका हुन् ।

आफूभन्दा जुनियर भाइबहिनीसँग चुनावमा प्रतिस्पर्धा गर्न शोभनीय नहुने र नैतिकताले पनि उचित नहुने उनको तर्क छ । संस्कृतिकर्मीलाई समेटेर आफूहरुले नयाँ संस्था खोल्न लागेको जानकारी दिंदै खत्रीले यसमा समाहित हुन आग्रह समेत गरे ।