काठमाडौं । बालुवाटारमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सुरु भएको छ । प्र
दुई नेताबीच राष्ट्रपतिको उम्मेदवारबारे छलफल हुनेछ ।
त्यस्तै प्रचण्डले आजै नेपाली कांग्रेसलगायत पुरानो गठबन्धनमा रहेका दलहरूबीच छलफल गरेका थिए । राष्ट्रपति निर्वाचनका लागि भोलि मनोनयनपत्र दर्ता गर्नुपर्ने कार्यतालिका छ । तर, दलहरूले अहिलेसम्म पनि उम्मेदवारको बारेमा सहमति जुटाउन सकेका छैनन् ।