images

हार्वे वाइन्स्टिनमाथि बलात्कारको आरोपमा थप १६ वर्षको जेल सजाय

काठमाडौं । अमेरिकी फिल्म निर्माता हार्वे वाइन्स्टिनमाथि यौन उत्पीडन र बलात्कारको आरोपमा थप १६ वर्षको जेल सजाय भएको छ ।

सन् २०२० को डिसेम्बरमा भएको आपराधिक मुद्दामा बलात्कार र यौन दुव्र्यवहारको आरोपमा दोषी पाइएपछि हार्वेले न्यूयोर्कमा २३ वर्षको जेल सजाय काटिरहेका छन् ।

फेरी हार्वे लाई लस एन्जलसको एक अदालतले बलात्कार र यौन दुव्र्यवहारको तीनवटा मुद्दामा दोषी ठहर गरेको झण्डै दुई महिनापछि बिहीबार बिहान १६ वर्षको जेल सजाय सुनाइएको छ ।

हार्वेमाथि करिब एक दशकअघि एक महिलाले यौन उत्पीडनको आरोप लगाएकी थिइन, महिला पक्षका वकिलहरूले युवा अभिनेता तथा निर्माताले अभिनेत्रीहरुलाई बारम्बार दुव्र्यवहार गरेको दाबी समेत गरेका छन् ।

अन्तराष्ट्रिय सञ्चार माध्यामहरुका अनुसार हार्वेलाई तीनवटै मुद्दामा दोषी ठहर युरोपेली मोडल जेन डोकोले गरेकी हुन । जेनले २०१३ मा ‘एलए इटालिया फिल्म फेस्टिभल’ पछि ‘मिस्टर सी’ होटलमा हार्वेले आफूलाई बलात्कार गरेको बयान प्रहरीलाई दिएकी छिन ।

हार्वेलाई १०० भन्दा बढी महिलाले यौन द्रुव्यवहारको आरोप लगाएका थिए ।