images

रुस र युक्रेन दुवै देशलाई शान्ति वार्ता गर्न आव्हान गर्दै फ्रान्स र जर्मनीमा प्रदर्शन

एजेन्सी । युक्रेनमा शान्ति पुनर्वहालीको माग गर्दै फ्रान्स र जर्मनीमा प्रदर्शन भएको छ ।

रुस र युक्रेन युद्धको वर्षगाँठ पछि यी दुई राष्ट्रमा युक्रेनको पक्षमा प्रदर्शन भएको हो । फ्रान्सको राजधानी पेरिस र जर्मनीको बर्लिनमा हजारौं प्रदर्शनकारीहरुले युक्रेनमा शान्ति र वार्ता सहितको नारा लगाउँदै प्रदर्शन गरेका हुन् ।

प्रर्दशनमा दुवै देशका सांसददेखि सर्वसाधारण सहभागी थिए । प्रर्दशनकै क्रममा जर्मनीको बर्लिनमा १३ हजार मानिस उपस्थित भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

शान्ति वार्ता गर्न दुवै देशलाई आब्हान गर्दै उनीहरुले युक्रेनको पक्षमा नारा लगाएका थिए ।