images
images

रुसविरुद्ध निन्दाको प्रस्तावमा चीनले आपत्ति जनाएपछि जी–२० देशका अर्थमन्त्रीको बैठक विनानिष्कर्ष सकियो

एजेन्सी । जी–२० का अर्थमन्त्रीहरुको बैठक विनानिष्कर्ष सकिएको छ। भारतमा भएको जी–२० सदस्य देशका अर्थमन्त्रीहरुको बैठकमा रुसविरुद्ध निन्दाको प्रस्ताव पारित गर्न खोजिएपछि बैठक निष्कर्षमा पुग्न नसकेको हो।

चीनले यो प्रस्तावमा आपत्ति जनाएपछि बैठक घोषणापत्र नै जारी नगरि टुङ्गिएको हो ।

भारतको दक्षिणी सहर बेङ्गलुरुमा आयोजित बैठकमा भारतले रुस–युक्रेन युद्धबाट विश्व अर्थतन्त्रमा परेको असर न्यून गर्न बृहत् प्रस्ताव तयार पारेकोमा पश्चिमा देशहरुले घोषणापत्रमा रुसको निन्दा गर्ने बुँदा समावेश गरेपछि प्रस्ताव पारित हुन नसकेको हो।

चीनले पश्चिमा देशहरुले जी–२० समूहलाई अस्थिर बनाउन खोजेको आरोप लगाएको छ ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS