एजेन्सी । इटालीको दक्षिणी क्षेत्रमा आप्रवासी कामदार बोकेको डुङ्गा डुबेको छ ।
यसमा ठूलो संख्यामा मानिसको ज्यान जाने सम्भावना छ । इटालीबाट आएको मिडिया रिपोर्टले घटनामा मारिएका कम्तीमा २७ जनाको शव निकालिएको जनाएको छ ।
यसमा क्यालाब्रियाको क्रोटोन शहरको समुद्री तटबाट बरामद गरिएका शवहरू समावेश छन् । त्यहाँ प्रशासनले खोजी तथा उद्धार कार्य गरिरहेको छ ।
एक स्थानीय समाचार एजेन्सीले आफ्नो रिपोर्टमा आप्रवासी कामदारले भरिएको डुङ्गा समुद्रको बीचमा दुई टुक्रा भएको बताएको छ ।