images

इटाली डुंगा दुर्घटना अपडेट : ५९ जनाको मृत्यु, ३० जना अझै वेपत्ता

एजेन्सी । इटालीको दक्षिणी तटमा अवैध आप्रवासी सवार डुंगा दुर्घटना हुँदा करिब ५९ जनाको मृत्यु भएको छ ।

खराब मौसम र आँधीको समयमा डुंगा भाँचिएर दुई टुक्रा हुँदा १२ बालबालिकासहित ५९ आप्रवासीको मृत्यु भएको इटाली सरकारले जनाएको हो ।

क्यालाब्रिया क्षेत्रको तटीय सहर क्रोटोन नजिकै अवतरण गर्ने क्रममा डुंगा भाँचिएको थियो ।

घटनास्थलमा पुगेका इटालीका आन्तरिक मन्त्रीले करिब ३० जना अझै वेपत्ता रहेको बताएका छन् ।

कोस्टगार्डले ८० जनालाई जीवितै फेला पारेको बताएका छन् । डुंगा फुट्दा डुंगामा कति व्यक्ति थिए भन्ने अझै यकिन भएको छैन ।

उद्धारकर्मीहरूले डुंगामा करिब २ सय यात्रु रहेको हुन सक्ने बताएका छन् । केही दिनअघि टर्कीबाट छुटेको उक्त डुंगामा अफगानिस्तान, पाकिस्तान, सोमालिया र इरानका यात्रु रहेका थिए ।