images

छवि र शिल्पाको सम्बन्ध बिच्छेद, ऋण र सम्पत्ति आधा

काठमाडौं । अभिनेत्री शिल्पा पोखरेलले निर्माता छविराज ओझाविरुद्धको मुद्धा जितेकी छन् ।

काठमाडौं जिल्ला अदालतले आइतबार गरेको फैसलामा आफ्नो जीत भएको र अदालतबाट न्याय पाएको महसूस भएको भन्दै शिल्पाले समाजिक सञ्जालमा स्टाटस लेखेकी छन् ।

आइतबार काठमाडौं जिल्ला अदालतले छविले आफ्नो भागको सम्पत्ति शिल्पालाई आधा दिनुपर्ने फैसला सुनाएको छ ।

अदालतले वैवाहिक सम्बन्धमा रहँदासम्म छविलाई लागेको ऋणको आधा हिस्सा शिल्पाले बेहोर्नुपर्ने पनि फैसला गरेको छ । छविले अदालतमा आफ्नो ऋण २० करोडमाथि देखाएका छन् । उनको आधा सम्पत्तिमध्ये ऋणको आधा रकम कटाएर शिल्पाले पाउनेछिन् । यसका साथै अदालतले दुवैको डिभोर्स मुद्धा पनि टुंग्याएको छ ।

शिल्पाले २०७६ सालमा ओझाविरुद्ध सम्बन्ध विच्छेद र माना चामलको मुद्दा हालेकी थिइन् । उनले सोमबार समाजीक सञ्जाल फेसबुकमार्फत छवि ओझाविरुद्धको मुद्धामा आफ्नो जीत भएको र अदालतबाट न्याय पाएको महसूस भएको उल्लेख गरेकी छन् ।