images
images

हङकङले ९४५ दिनपछि अनिवार्य मास्क नीति हटायो

एजेन्सी । हङकङले ९४५ दिनपछि अनिवार्य मास्कको नीति हटाएको छ ।

कोभिड संक्रमण तीब्र भएपछि सन् २०२० को जुलाईदेखि लागू गरिएको अनिवार्य मास्क नीति बुधबारदेखि हटाइएको हो ।

हङकङका कार्यकारी प्रमुख जोन लीले कोरोना नियन्त्रणमा आएकाले अनिवार्य मास्क नीति खारेज गरिएको बताउनुभएको छ ।

अनिवार्य मास्क नीति अन्तर्गत मास्क नलाउनेहरुलाई ५ हजार हङकङ डलर जरिवाना लिने गरिन्थ्यो ।

हङकङ सबैभन्दा लामो समय अनिवार्य मास्क नीति कायम राख्ने शहर बनेको छ ।

कार्यकारी प्रमुख लीले यो वर्ष र आगामी वर्ष आर्थिक पुनरुत्थानका लागि पूरै लागि पर्ने पनि बताउनुभएको छ ।

कठोर कोरोना नीतिका कारण त्यहाँको कुल गार्हस्थ उत्पादनमा साढे ३ प्रतिशतको गिरावट आएको छ ।