images

अमेरिकी कर्मचारीलाइ एक महिनाभित्र आफ्नो फोनबाट टिकटक हटाउन आदेश

एजेन्सी । अमेरिकी सरकारले एक महिनाभित्र सरकारी कर्मचारीहरूलाई आफ्नो फोनबाट टिकटक हटाउन आदेश दिएको छ ।

राष्ट्रपति कार्यालय ह्वाइट हाउसले सबै सरकारी निकायहरूलाई कर्मचारीको फोनबाट टिकटक एप ३० दिनभित्र हटाउन आदेश दिएको बेलायती सञ्चारमाध्यमले जनाएको छ ।

सुरक्षा संवेदनशीलताको कारण देखाउँदै चिनियाँ कम्पनी बाइट डान्सको एप टिकटक हटाउन सरकारी कर्मचारीलाई अमेरिकी सरकारले आदेश दिएको हो ।

टिकटकलाई कर्मचारीको फोनबाट हटाउन आदेश जारी गरेपछि चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले विदेशी कम्पनीहरूलाई दबाउन अमेरिकाले सरकारी शक्ति प्रयोग गरिरहेको आरोप लगाएका छन् ।

चीनले भिडियो एप टिकटकको मामिलामा अमेरिकाले उग्र प्रतिक्रिया जनाएको आरोपसमेत लगाएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले अमेरिकी सरकारले बजार अर्थतन्त्रको सिद्धान्त र प्रतिस्पर्धाका नियमहरूलाई सम्मान नगरेको र विदेशी कम्पनीहरूलाई दमन गर्न खोजेको बताएका छन् ।